Best +2 Science College of the Year-2024
10/27/2024
पूर्णानन्द ओझा
आचार्य, एम.ए., एम.फिल.
त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा विषयमा विशिष्ट श्रेणीमा दर्शनाचार्य (एम.फिल.), प्रथम श्रेणीमा स्नातकोत्तर (एम.ए.) र नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत(ज्योतिष) विषयमा प्रथम श्रेणीमा आचार्य (एम.ए.) तहको अध्ययन पूरा गर्नुभएका श्री पूर्णानन्द ओझा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अनुसन्धानरत हुनुहुन्छ । उहाँले काठमाडौँका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा नेपाली विषयको दक्ष शिक्षक र विभागीय प्रमुखसमेतका रूपमा कार्य गरिसक्नुभएको छ ।
ओझा विगत एक दशकदेखि विद्यालय तथा कलेजमा नेपाली भाषा साहित्यको अध्यापन गर्दै आउनुभई हाल ग्लोबल कलेज अफ साइन्समा नेपाली विषय शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । दक्ष तथा अनुभवी शिक्षकका साथै संस्कृतिविद् ज्योतिर्विद् र कविका रूपमा समेत स्थापित भइसकेका ओझाका मातृभाषा साहित्य र संस्कृतिसम्बन्धी कृतिहरू पनि प्रकाशित छन् । विविध प्राज्ञिक संस्थाद्वारा प्रकाशित विज्ञसमीक्षित पत्रिकाहरूमा अनुसन्धानमूलक लेखहरूका लेखकसमेत रहेका ओझा नेपालको सबैभन्दा पुरानो पात्रो ‘तोयनाथ पञ्चाङ्ग’का सल्लाहकार पनि बनिसक्नुभएको छ । संस्कारयुक्त शिक्षा र आचरण मन पराउने ओझाका रुचिका विषय पनि यिनै हुन् ।
डोटीको जोरायल गा.पा.५ गडसेरामा (वि.सं.२०४०–३–४) जन्मनु भएका ओझा हाल काठमाडौँ महानगरपालिका १४ कलङ्कीमा बस्नुहुन्छ ।
10/27/2024