Team

manigautam01@gmail.com

9851164360

Download CV

Choodamani Upadhyaya

Faculty

चूूडामणि उपाध्याय

एम.ए., एम.फिल. 

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा विशिष्ट श्रेणीमा दर्शनाचार्य (एम.फिल.) र प्रथम श्रेणीमा स्नातकोत्तर (एम.ए.) तह पूूरा गर्नुुभएका श्री चूूडामणि उपाध्याय विशेषतः अध्ययन, अध्यापन, अनुुसन्धान तथा लेखन कार्यमा संलग्न रहनुुभएको छ । उहाँले काठमाडौँका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा नेपाली विषयको अत्यन्त लोकप्रिय शिक्षकका रूपमा काम गरिसक्नुभएको छ । 

विगत एक दशकदेखि विद्यालय तथा कलेजमा नेपाली भाषा, व्याकरण र साहित्यिक कृतिको अध्यापन गदै आउनुभएका उपाध्याय हाल ग्लोबल कलेज अफ साइन्समा नेपाली विषय शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ दक्ष, अनुुभवी तथा योग्य नेपाली शिक्षक र लेखकका रूपमा परिचित हुनुुहुन्छ । उहाँ साहित्य, समालोचना र पाठ्यपुुस्तक लेखन जस्ता सिर्जनात्मक एवम् प्राज्ञिक अभ्यासमा समेत जोडिनुुभएको छ । नेपाली भाषा साहित्यमा उहाँले तयार पारेका सन्दर्भ पुस्तक तथा अभ्यास पुुस्तक निकै लोकप्रिय छन् भने साहित्यका बारेमा लेखिएका समालोचना विभिन्न साहित्यिक पत्रिका, कान्तिपुर, अन्नपूूर्ण पोस्ट जस्ता राष्ट्रिय दैनिकमा समेत प्रकाशित छन् । 

अध्ययन, अनुुसन्धान, लेखन तथा सम्पादन उपाध्यायका रुचिका विषय हुन् । संस्कारयुुक्त शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउँछ भन्ने विचार राख्ने उपाध्याय संस्कृत भाषा, पूर्वीय दर्शन र साहित्यको अध्ययनमा बढी लगाब राख्नुुहुन्छ । 

दैलेखमा जन्मनुु भएका उपाध्यायको स्थायी बसोबास वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इत्राम, सुुर्खेतमा रहेको छ भने हाल उहाँ काठमाडौँ महानगरपालिका वडा नं. १४ कुुमारी क्लबमा बस्नुहुन्छ । 

Apply Now